काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मर्ज हुनुअघि साविक गुराँस लाइफ र युनियन लाइफले आर्थिक वर्ष २०७८/७९मा वितरण गरेको बोनस शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।
आर्थिक वर्षका लागि गुराँसले १३.२७ र युनियनले ८.७९ प्रतिशत बोनस शेयर वितरण गरेको हो।
हालसम कतिपय शेयरधनीहरुलाई आफूले प्राप्त गर्ने बोनस शेयरको करबापतको रकम दाखिला नगरेको सूचनामा उल्लेख छ। करबापतको रकम दाखिला गरी सोको भौचर वा निस्सा कम्पनीको ई–मेलमा पठाउन सूचनामा जानकारी गराइएको छ।
साथै उक्त लाभांश कर चुक्ता भुक्तानी गरी सोको निस्सा पेस नभएसम्म बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।
बोनस शेयरमा लाग्ने करको रकम काठमाडौंको बत्तीसपुतलीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखामा रहेको कम्पनीको बैंक खाता ०१२०१०२०२५४३८० मा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ।
Advertisment