काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा ा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि सामान्य घटेको देखिएको छ । आज बजारमा चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ६ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment