Below Menu
Below Menu

सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह 

सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यस्वस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

 राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपयोगका लागि काउण्टरपार्टीहरू(इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू)ले बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।।

सोही व्यवस्था अनुसार विगतमा गरिएको सम्झौताको अवधि यही असार मसान्तमा समाप्त हुने भएकोले राष्ट्र बैंकले नयाँ सम्झौताका लागि विभागमा सम्पर्क गर्न अनुरोध गरेको हो । 

Advertisment

थप समाचार