Below Menu
Below Menu

लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा 

लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा 

ठमाडौं : लक्ष्मी सनराइज बैंकले करिब ८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसारमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि कुनै लिखित निवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारणमा शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार