काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा कक्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।
Advertisment