Below Menu
Below Menu

बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा तल 

बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा तल 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । 

गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असार १९ गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थामा ६३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ५६ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन १६ अर्ब निक्षेप बढेर ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा निक्षेप थपिदै जाँदा कर्जा लगानी भने स्थिर रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.९५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७८.५९ बिन्दुमा झरेको छ । 

Advertisment

थप समाचार