Below Menu
Below Menu

बक्यौता नतिरेको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

बक्यौता नतिरेको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले बक्यौता रकम नतिर्ने भैरहवाको जगदम्बा सिन्थेटिक्स र  सिमराको हुलास स्टीलको लाइन काटेको हो । 

प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । 

बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो । 

इटहरीस्थित रिलायन्स स्पिनिङ मिलले करिब ७५ करोड ३७ लाख रुपैयाँ, अम्बुवा वितरण केन्द्रअन्तर्गतको अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख रुपैयाँ र नेपालगन्ज वितरण शाखा अन्तर्गतको घोराही सिमेन्टको करिब ५१ करोड रुपैयाँ बक्यौता उठेको छैन ।

प्राधिकरणले यही असार ९ गते १५ दिनको अल्टिमेटमसहित बक्यौता तिर्न सम्बन्धित ६१ उद्योगीलाई पत्रचार गरेको थियो ।

प्राधिकरणले दिएको अल्टिमेटमको अवधि असार २४ गते (सोमबार) सक्किएसँगै मंगलबारबाट लाइन काट्न सुरु गरेको हो । यसअघि पनि २०७६ चैत र २०८० पुसमा बक्यौता बाँकी रहेका उद्योगीहरूको प्राधिकरणले लाइन काटेको थियो ।

सरकारको दबाबपछि काटिएको २० दिनमा २३ उद्योगको लाइन जोडिएको थियो । प्राधिकरणले करिब ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

Advertisment

थप समाचार