काठमाडौं : गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको ४ लाख २६ हजार ९९० कित्ता शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो।
यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी शेयर बिक्रीमा राखिएकोमा केही शेयर बिक्री हुन नसकेपछि सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ
लगानीकर्ताले शेयर खरिदका लागि १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
Advertisment