काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । असार २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्ताविगत लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
Advertisment