Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, पौने पाँच अर्बमा समेटियो कारोबार

सामान्य अंकले घट्यो शेयर बजार, पौने पाँच अर्बमा समेटियो कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२६.१७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.८९ अंकले घटेर २६३६.७५ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका ५९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ८२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब ४८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लक्ष्मी सनराइज बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा एनआईसी एशिया बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.०८ प्रतिशतले बढेको हो । आज सोपान फर्मास्युटिकल्स संस्थाको शेयरमूल्य ५.३७ प्रतिशतले घटेको छ । 
 

थप समाचार