Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्र शेयर शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि खुला गरेको शेयरमा आवेदन माग नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो । 
कम्पनीको शेयरमूल्य प्रतिकित्ता १५० रूपैयाँ तोकिएको छ । शेयर खरीदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

लगानीकर्ताले असार २८ गतेदेखि साउन ४ गते कार्यालयसमयभित्र कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

साथै एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंसँगै शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । 

Advertisment

थप समाचार