Below Menu
Below Menu

एघार महिनामा बैंकहरुले कमाए करिब ६२ अर्ब नाफा !

एघार महिनामा बैंकहरुले कमाए करिब ६२ अर्ब नाफा !

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाफा बढ्दै गएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले करिब ६२ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।

यस अवधिमा बैंकहरु तथा वित्तीय संस्थाहरुले ६१ खर्ब ९५ अर्ब ७ करोड नाफा कमाएको हुन् उक्त नाफा गत बैंशाख मसान्तसम्मको तुलनामा साढे आठ अर्ब रुपैयाँले बढी हो । गत बैंशाखसम्म वित्तीय संस्थाको नाफा १६.४६ प्रतिशत अर्थात ८ अर्ब ७६ करोड रुपैयाँले बढी हो । 

यस अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् भने विकास बैंकहरुको नाफा ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यस्तै जेठ मसान्तसम्म फाइनान्स कम्पनीहरुले ५द्ध करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरुको नाफा साढे सात अर्बले बढ्यो 

राष्ट्र बैंकका अनुसार गत साउनदेखि जेठसम्म वाणिज्य बैंकहरुले ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत बैशाख मसान्तको तुलनामा साढे ७ अर्ब रुपैयाँले बढी हो ।

गत बैशाखसम्म बैंकले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुको नाफा १६.३३ प्रतिशत अर्थात सात अर्ब ८४ करोड ३३ लाख रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा साढे ५ अर्ब नाफा कमाएको हो । जेठ मसान्तसम्म बैंकको नाफा ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ रहेको छ । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ६ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले ५अर्ब ९ करोड ३ लाख, प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

राष्ट्र बैंकमा अनुसार जेठ मसान्तसम्म एनआईसी एसिया बैंकले दुई अर्ब २३ करोड ५३ लाख, एभरेस्ट बैंकले तीन अर्ब ३१ करोड ३१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब एक करोड ९० लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा एनएमबि बैंकले दुई अर्ब ७७ करोड ६३ लाख रुपैयाँ, कृषि विकास बैंकले तीन अर्ब २ करोड ४८ लाख रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकले २ अर्ब २७ करोड एक लाख रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म लक्ष्मी सनराइज बैंकले दुई अर्ब ३७  करोड ४२ लाख, सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब ६७ करोड ४५ लाख नाफा कमाएका छन् ।

यस अवधिमा सिटिजन्स बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले एक अर्ब २८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यस अवधिमा सरकारी बैंक नेपाल बैंकले एक अर्ब ७ करोड ६३ लाख रुपैयाँ, प्रभु बैंकले तीन अर्ब ३ करोड ४२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले एक अर्ब ६५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
 

Advertisment

थप समाचार