काठमाडौं : दुई वाणिज्य बैंकले ९२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी र सिटिजन बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९२ हजार ६४९ दशलमव ८७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
कुमारी बैंकले ८८ हजार २०९ कित्ता र सिटिजन बैंकले ४ हजार ४४० दशमलव ८७ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् । कुमारी बैंकको शेयर खरिदका लागि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
त्यस्तै सिटिजन बैंकको शेयर खरिदका लागि केन्द्रीय कार्यालय नारायणहिटीमा सर्वसाधारण समेतले आवेदन दिन सक्नेछन् । बैकको शेयरमूल्य १०३ रुपैयाँ तोकिएको छ ।
Advertisment