काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले दश अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २९ गते र ९१ दिन अवधिको ट्रेजरी असोज २९ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि गत असार २३ गते कार्यालयले २१ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment