Below Menu
Below Menu

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । 

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असार महिनाको तुलनामा १३ बैंकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै ५ बैंकले असार महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन् ।

साउन महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.७३ प्रतिशत रहेको छ । असारमा यस्तो ब्याजदर ६.८७ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१३ बिन्दुले घटेको छ । 

त्यस्तै संस्थागतर्फ असार लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ५.४७ प्रतिशत विन्दुमा झरेको छ । असार यस्तो ब्याजदर ५.६७ प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.१९२ प्रतिशत विन्दुले घटेको हो ।

साउन महिनाका लागि एभरेष्ट बैंक र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् । एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.३ प्रतिशत र संस्थागत तर्फ ५.३ प्रतिशत ब्याज दिने भएको छ भने कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२९ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ । 

यता नबिल बैंक, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबीआई बैंकले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । 

यसका साथै ब्याजदर घटाएका अन्य बैंकहरुले साउनका लागि राष्ट्रिय वाण्ज्यि बैंकले व्यक्तिगत तर्फ ६.२१ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै ग्लोबल आईएमईले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै नेपाल बैंंकले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागतमा ५.५प्रतिशत ब्याज दिने भएको छ । 

साउन महिनाका लागि कुमारी बैंकले व्यक्तिगत तर्फ ६.७१ प्रतिशत र संस्थागत तर्फ ५.५६ प्रतिशत ब्याज दिने भएको छ भने सानिमा बैंकले व्यक्तिगत तर्फ ६.४ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ । 

त्यसैगरी सिटिजन इन्टरनेशनलले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत र प्रभु बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज दिने भएको छ । 

नयाँ ब्याजदर अनुसार साउनका लागि हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत ब्याज दिने भएको छ भने एनएमबी र एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फ ७.५३ प्रतिशत र संस्थागत तर्फ ६.५३ प्रतिशत ब्याज दिने भएका छन् । 

Advertisment

थप समाचार