Below Menu
Below Menu

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विभिन्न चार सदस्यहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरिदका लागि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा के कति खरिद गर्ने हो सोको विवरण समेत खुलाई आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । 

Advertisment

थप समाचार