Below Menu
Below Menu

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा 

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा 

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत खपत गरेका उद्योगलाई बक्यौता रकम तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै डेडिकेटेड फिडर तथा ट्रंक लाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उद्योगलाई प्राधिकरणले बक्यौता रकम तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा दिएको हो ।

प्राधिकरणको असार २६ गतेको बसेको बोर्ड बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको थियो । यो सुविधा उपभोग गर्नका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राख्न पनि प्राधिकरणले सूचित गरेको छ ।

लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका थिए । विद्युतको नियमित महसुल तिरे पनि उद्योगले प्रिमियम शुल्क तिरेका छैनन् । 

प्राधिकरणले सोही प्रिमियम शुल्कबापतको बक्यौता तिर्न उद्योगलाई ताकेता गर्दै आएको छ  । तर, उद्योगी–व्यवसायीले भने प्राधिकरणको निर्णय विरोध गर्दै आएका छन्।


 

Advertisment

थप समाचार