Below Menu
Below Menu

ठेउले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुचारु

ठेउले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुचारु

काठमाडौं : ठेउले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन कार्य सुचारु भएको छ । 

बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १.५ मेगावाट क्षमताको उक्त आयोजनामा गत असार २२ गते आएको पहिरोका कारण क्षति पुर्याएको थियो । 

पहिरोले आयोजनाको इन्टेक र ग्राभेल ट्रयापको सुंरचनामा पुगेसँगै पूर्ण रुपमा बन्द भएको विद्युत उत्पादन कार्य साउन १ गते राती २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको जानकारी कम्पनीले दिएको छ । 

कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट गत फागुन २२ गतेनै स्वीकृति पाइसकेको छ ।

गत पुस २९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट सर्वसम्मतिले कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

हाल कायम चुक्तापूँजी २५ करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापँजी ५० करोड रूपैयाँ कायम हुनेछ ।
 

Advertisment

थप समाचार