Below Menu
Below Menu

अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेशसँगै ७० अंकले बढ्यो नेप्से परिसूचक, ९ अर्बको कारोबार

अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेशसँगै ७० अंकले बढ्यो नेप्से परिसूचक, ९ अर्बको कारोबार

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार नेप्से परिसूचकमा उछाल आएको छ ।  साताको तेस्रो कारोबार दिन मंगलबार (आज)  नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.१८ अंकले बढेर २२४०.४१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने आठ कम्पनीको शेयरमूल्य घटेको छ ।  

शेयर बजार बढेसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । आज बजारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सिन्धु विकास बैक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोपावर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।

आज नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर, एनआइबीएल ग्रोथ फण्ड र लुम्बिनी विकास बैंक डिबेञ्चरको  शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

Advertisment

थप समाचार