Below Menu
Below Menu

बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो ।

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल आएको छ । 

यस अवधिमा अन्तर बैंक ब्याजदर २.९३ प्रतिशत रहेको छ । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ । असार ३० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७७.६१ प्रतिशत रहेको छ । 
 

Advertisment

थप समाचार