काठमाडौं : एभरेष्ट बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । बैंकले तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार २० गते सेबोनमा निवेदन दिएको हो ।
बोर्डको स्वीकृति पाएसँगै बैंंकले उक्त ऋणपत्र निष्कासन गर्नेछ । बैंकले १० वर्षे अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेकाे हो । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ब्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
Advertisment