काठमाडौं : नेपाल वायु सेवा निगमले अन्तराष्ट्रिय उडानका लागि खरिद गरेका दुई जहाज ऋण भुक्तानी गरकेो छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड बढी रकम भुक्तानी गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरेको थियो ।
जसअनुसार ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको हो ।
साथै विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुई कोषलाई आग्रह गरेको छ ।
त्यसैगरी निमगले किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत दुवै कोषलाई अनुरोध पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।