Below Menu
Below Menu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन लाख २८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन लाख २८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले तीन लाख २८ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विभिन्न दश सदस्यहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरिदका लागि आगामी ३५ दिनभित्र कम्पनीको शेयर शाखा लाजिम्पातमा के कति खरिद गर्ने हो सोको विवरण समेत खुलाई आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । 

Advertisment

थप समाचार