Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकद्धारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु 

मुक्तिनाथ विकास बैंकद्धारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे संगको सहकार्यमा यो सेवा सुरु गरेको हो  ।

यो सेवा सुचारु पश्चात भारतिय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतिय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यस प्रकारको सेवाहरुले भारतिय पर्यटकलाई नगद बोक्ने झनझट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छुटको व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 


 

Advertisment

थप समाचार