अर्थमन्त्रीले फेरे धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष  

अर्थमन्त्रीले फेरे धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष  

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई नियुक्त गरेका छन् ।

Sponsored Advertisement

अध्यक्ष नियुक्ती नहुन्जेलसम्मका लागि आफुलाई काम गर्न सहज हुने गरी अर्थमन्त्री पौडेलले बराललाई नियुक्त गरेका हुन् । बरालले बिहीबार नै पदबहाली गरेका छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ।

बराल बोर्डको कार्यवाहक अध्यक्षको साथै हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।

पदबहाली पछि अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिंदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिएका छन् ।

थप समाचार