काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडल अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो। अघिल्लो आवमा बैंकले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा बैंकको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको ।
गत वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड ९७ लाख रुपैयाँमा झरेको छ । भने खुद फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेको छ।
त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ६.८६ प्रतिशतले घटेको छ भने र सञ्चालन मुनाफा ५.८७ प्रतिशतले घटेर एक अर्ब ९० करोड २० लाखमा झरेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ।
समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ। त्यसैगरी, अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
Advertisment