काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर विक्री तथा नामसारी गर्न सात दिने सूचना जारी गरेको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर नामसारी तथा विक्री गर्न ईच्छा राखी निवेन दिएकोमा सोही अनुरुप शेयर विक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । यसअघि बैंकले विद्यमान संस्थापकहरुले खरिद गर्न पाउने थरी ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो ।
संस्थापकबाट आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरेको हो । शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
Advertisment