काठमाडौं : एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयधनीहरु र जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयरमूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यसका साथै बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भनेृ अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
शेयर खरिद गर्न इन्छुक लगनाीकर्ताले साउन १५ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिल तथा बैंकको कर्पोरेट कार्यालय वा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनग (सुर्खेत) मा पेस गर्न सकिनेछ।
Advertisment