Below Menu
Below Menu

कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा ३० करोडमाथि, नाफासँगै बढ्यो इपीएस 

कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा ३० करोडमाथि, नाफासँगै बढ्यो इपीएस 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवद्दिमा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा आइपुग्दा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ । खुद ब्याज आम्दानी सामान्य बढेको छ भने पनि इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफा बढेको हो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशत बढेको छ । 

अघिल्लो आवमा ५२ करोड २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज गत आवमा घटेर ३० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । 

असार मसान्तस्म्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ७.३७ रुपैयाँले बढेर १८.३८ रुपैयाँ पुगेको छ । 

त्यस्तैं चौथो त्रैमासस्म्म बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ। 
 

Advertisment

थप समाचार