काठमाडौं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।
यसअघि उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सिईओ) थिए । हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तमा सकिने छ । बज्राचार्यको कार्यकाल सकिएपछि नवनियुक्त सिईओ रेग्मीले भदौ १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हालेनछन् ।
करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । गत वर्ष २०८० असोज १ गतेदेखि लागू हुने गरी रेग्मी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मीसँगबैंकिङ्ग क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए ९अर्थशास्त्र० तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
Advertisment