काठमाडौं : ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्।
बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ ९क० बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न छिन् । अर्थशास्त्रमा एमए र एमपीए गरेकी छिन्।
अहिलेपनि उनी ब्रुकलाइन कलेजमा अर्थशास्त्र विषयमा प्राध्यापन पेसामा कार्यरत छिन् । ज्ञवालीले यसअघि बज्र कलेज, काठमाडौँमा प्राध्यापन गरेकी थिइन्।
साथै उनीसँग विद्युत नियमन आयोग, खानेपानी महसुल निर्धारण आयोगको सदस्यको रुपमा र सेशन सहकारी संस्थाको अध्यक्षको कार्यअनुभव रहेको छ।
Advertisment