Below Menu
Below Menu

मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिए ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने उनले बताए । 

के हो मौद्रिक नीति ?

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

Advertisment

थप समाचार