Below Menu
Below Menu

बैंकहरुको कर्जा लगानी हुन सकेन, खराब कर्जा बढेको छ: गर्भनर अधिकारी 

बैंकहरुको कर्जा लगानी हुन सकेन, खराब कर्जा बढेको छ: गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको बताएका छन् । शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्रीय संस्थाको अराब कर्जा पनि बढेको बताएका छन् । 

अर्थतन्त्रको पछिल्लो अवस्था मिश्रित रहेकाे बताउँदै उनले आर्थिक वर्ष २०८०/८१ को एघार महिनासम्मको तथ्याङ्कअनुसार मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको र बाह्य क्षेत्र सबल रहेको बताए । 

बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेका छन् । अघिल्लो वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा सुधार भएको अनुमान छ । तर, नेपाल सरकारको खर्च र राजस्व परिचालन भने लक्ष्यभन्दा न्यून रहन गएको बताए । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमान गरिएभन्दा कम रहेको छ । निष्क्रिय कर्जा अनुपात बढेको छ । विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएतापनि सुधारको गति सुस्त र अनुमान रहेको उनको भनाई छ । 

विकसित अर्थतन्त्रहरुको आर्थिक वृद्धि र मुद्रास्फीति कोभिडपूर्वको अवस्थामा पुग्न लागेको छ । तर, धेरैजसो उदीयमान र विकासोन्मुख राष्ट्रहरुमा आर्थिक वृद्धि लयमा फर्कन सकेको छैन भने मुद्रास्फीति पनि उच्च रहेको छ । यसले गर्दा धेरैजसो केन्द्रीय बैंकहरुले नीतिगत दरलाई अझै माथिल्लो स्तरमै राखेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवम् परिदृश्य, यस बैंकका उद्देश्य तथा प्राथमिकताहरु र आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति र यसका त्रैमासिक समीक्षामा गरिएका व्यवस्थाहरुको कार्यान्वयन स्थितिको आधारमा यो मौद्रिक नीति तर्जुमा गरिएको उनको भनाई छ ।

Advertisment

थप समाचार