Below Menu
Below Menu

लघुवित्तमा पनि एनएफआरएस लागू, ब्याजदर तथा सेवा शुल्क पुनरावलोकन गरिने

लघुवित्तमा पनि एनएफआरएस लागू, ब्याजदर तथा सेवा शुल्क पुनरावलोकन गरिने

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरुमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागू हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गर्ने जनाएको छ ।

परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । साथै लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने समेत जनाएको छ । 

लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने जनाएको छ । लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने जनाएको छ ।

त्यसैगरी कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

Advertisment

थप समाचार