काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको नोक्सानी घटेको हो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेका कारण नोक्सानी घटेको हो । असार मसान्तसम्म आइपुग्दा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ५९ करोड १६ लाख ४४ हजार रुपैयाँबाट बढेर ५९ करोड २० लाख ४६ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ०.०७ प्रतिशत बढी हो ।
यस अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ७८ हजार रुपैयाँ रहेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ११ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६६ दशलमव ०२ रुपैयाँ छ ।
असार मसान्तसम्म एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको अन्य इक्विटी ५० करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।
Advertisment