Below Menu
Below Menu

बजारमा क्यास सर्कुलेशन ८.६७ प्रतिशतले बढ्यो, नगद मौज्दात करिब तीन खर्ब 

बजारमा क्यास सर्कुलेशन ८.६७ प्रतिशतले बढ्यो, नगद मौज्दात करिब तीन खर्ब 

काठमाडौं : एक वर्षको अवधिमा सरकारी खातामा करिब तीन खर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उक्त रकम २ अर्ब ९५ करोड ४५ लाख रुपैयाँले बढेको हो ।

उक्त रकम अघिल्लो आवको तुलनामा ४९२.४१ प्रतिशतले बढेको हो । गत आवमा उक्त निक्षेप बढेर तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । 

आव २०७९/८० सम्ममा सरकारी खातामा ६० अर्ब रुपैयाँ नगद मौज्दात रहेको थियो । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

यस अवधिमा सरकारी ढुकुटीमा करिब ६४ अर्ब बढी निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८० असारसम्म यस्तो निक्षेप जम्मा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम गत वर्षको असार मसान्तसम्म आइपुग्दा १८ अर्ब ८६ करोड ३९ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर शुन्यमा झरेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस २५ अर्ब रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म वित्तीय बजारमा क्यास सर्कुलेशन ८.६७ प्रतिशतले बढेको छ ।अघिल्लो आवमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ रहेको क्यास सर्कुलेशन यस अवधमिा आइपुग्दा ५४ अर्ब २६ करोड ९ लाख रुपैयाँले बढेर ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख २ हजार ७०१ रुपैयाँ पुगेको हो । 

२०८१ असारसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ रहेको छ । २०८० असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति चार खर्ब ६८ अर्ब ४१ करोड ४२ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसारअघिल्लो आवमा १५ खर्ब ८८ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो सम्पति गत वर्षमा आइपुग्दा २९.४९ प्रतिशतले बढेर २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
 
 

Advertisment

थप समाचार