Below Menu
Below Menu

ट्रेजरीमार्फत २१ अर्बबढी आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  

ट्रेजरीमार्फत २१ अर्बबढी आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले आठअर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।  

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी भदौ ११ गते ९१ दिन अवधिको ट्रेजरी कात्तिा १३ गते र १८२ दिन अवधिको ट्रेजरी माघ १५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत साउन ७ गते कार्यालयले १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार