Below Menu
Below Menu

राष्ट्र बैंकले तोक्यो आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा

राष्ट्र बैंकले तोक्यो आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली पाउने विदेशी मुद्रा सटहीको सीमा तोकिदिएको छ । 

राष्ट्र बैंकले एक सूचना जारी गर्दै नियामकीय व्यवस्था अनुसार नेपाली नागरिकहरूले एक पटक मात्र सेटलमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा सटही गर्नसक्ने व्यवस्था गरिदिएको हो ।

राहदानी, आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपि पेस गरी सम्बन्धित व्यक्तिले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्नेछन् । 

यो व्यवस्था अनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनः विदेश फर्किने नेपाली नागरिकहरूलाई भने यस्तो सटही सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार