Below Menu
Below Menu

अब राष्ट्र बैंकबाट असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने 

अब राष्ट्र बैंकबाट असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले अब असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ। आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिक सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था गरिएको जनाकारी दिएको हो । 

राष्ट्र बैंकका अनुसार ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र, मतदाता परिचयपत्र, राहदानी वा नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने छ । 

यसका साथै विदेशी नागरिकको हकमा राहदानी पेस गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार