Below Menu

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं : मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो 

करिब २० वर्ष  भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट विजनेश विजनेश एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । 
 

थप समाचार