Below Menu
Below Menu

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको १२ बुँदे सर्कुलर, असल कर्जामा १.१% प्रोभिजन गर्नुपर्ने

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको १२ बुँदे सर्कुलर, असल कर्जामा १.१% प्रोभिजन गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले बुधबार १२ बुँदे जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागू गर्न निर्देशन दिएको छ ।

नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.१ प्रतिशतमा प्रोभिजन गर्नुपर्नेछ । गत आर्थिक वर्षसम्म १.२ प्रतिशत प्रोभिजन हुँदै आएको थियो ।

मौद्रिक नीतिको सो उद्घोष गत आर्थिक वर्षदेखि नै लागु हुने अपेक्षामा बैंकहरु रहेपनि नयाँ आर्थिक वर्षदेखि मात्र लागु हुने गरी राष्ट्र बैंकले परिपत्र गरेको छ । नयाँ व्यवस्थाअनुसार असल वर्गमा वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको लागि बक्यौता साँवा रकमको आधारमा १.१ प्रतिशतमा प्रोभिजन गर्नुपर्नेछ ।

 

Advertisment