Below Menu

इम्पेरिमेन्ट चार्ज बढ्दा सिटिजन बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

इम्पेरिमेन्ट चार्ज बढ्दा सिटिजन बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा बैंकले एक अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफा घटेको हो । यसका साथै बैंकको इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकमा असर परेको हो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेर ५६ करोड ८६ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकको भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा १९.३२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष ३.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.०७ प्रतिशत पुगे छ भने सँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । 
 

थप समाचार