Below Menu
Below Menu

स्टान्डर्ड चार्टर्डको मुनाफामा गिरावट, खराब कर्जा २.१४ प्रतिशत

स्टान्डर्ड चार्टर्डको मुनाफामा गिरावट, खराब कर्जा २.१४ प्रतिशत

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा सामान्य गिरावट देखिएको छ ।

असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३० करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ लाख रुपैयाँ थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ४.५३ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको अन्तिमसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता २६.५० रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर ३५ रुपैयाँ ०९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। बैंकको खराब कर्जा बढेर २.१४ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा १.१८ प्रतिशत थियो।

Advertisment

थप समाचार