Below Menu
Below Menu

नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत

नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत

काठमाडौं : नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा २ करोड १ हजार रुपैयाँ लाख रुपैयाँ थियो।

यो अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ५.८९ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको अन्तिमसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा फाइनान्सको ईपिएस घटेर २ रुपैयाँ ४८ पैसा पुगेको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ। फाइनान्सको खराब कर्जा घटेर ९.११ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा १२.१६ प्रतिशत रहेको थियो।

Advertisment

थप समाचार