काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य बृद्धि भएको छ ।
असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब २ करोड रुपैयाँ थियो।
यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी पनि १७७.३१ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ६.१८ रुपैयाँ रहेको छ । ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ।
Advertisment