Below Menu
Below Menu

प्रभु बैंकको नाफामा छलाङ्ग, लाभांश क्षमता ५.२० प्रतिशत

प्रभु  बैंकको नाफामा छलाङ्ग,  लाभांश क्षमता ५.२० प्रतिशत

काठमाडौं : गत आर्थिक वर्षमा प्रभु बैंकले साढे ४ अर्ब खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १४९९.०४ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले २८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ र संचालन नाफा बढेर ७ अर्ब ५ करोड ५० लाख रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा पनि बढोत्तरी देखिएको हो ।

बैंकको वितरण योग्य नाफा १ अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ छ।  बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई बैंकले ५.२० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक थियो ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, जगेडा तथा कोषमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छ। बैंकको प्रतिसेयर आम्दानी बढेर १९ रुपैयाँ ०३ पैसा, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा कायम भएको छ।

त्यस्तै बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.७८ प्रतिशत कायम भएको छ ।

समिक्षा वर्षमा बैंकको निक्षेप संकलन भने ३.५१ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने ३.८३ प्रतिशत घटेर २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह २ अर्ब ८९ करोड ९ लाख र २ खर्ब ३४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

Advertisment

थप समाचार