काठमाडौं : एनआईसी एशिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा बैंकले खुद नाफा १ अर्ब ३८ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेर १० अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेर २ अर्ब ७७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत घटेर १३ अर्ब १६ करोड रुपैयाँ, सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेर ३ अर्ब १ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको भुक्ता पुँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १४.४५ प्रतिशत घटेर १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेर ३ खर्ब ५४ अर्ब रुपैयाँ र कर्जा ३.९५ प्रतिशत बढेर २ खर्ब ७२ अर्ब रुपैयाँ छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २९.१७ रुपैयाँ घटेर ९.२६ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०२.२४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ ।
बैंकले खराब कर्जा भने १.७४ प्रतिशत छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा ०.११ प्रतिशत मात्रै थियो ।
Advertisment