Below Menu
Below Menu

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ४० प्रतिशतले बढे पनि वितरणयोग्य मुनाफा ३ अर्ब ४३ करोड ऋणात्मक

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ४० प्रतिशतले बढे पनि वितरणयोग्य मुनाफा ३ अर्ब ४३ करोड ऋणात्मक

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ७२ करोड रुपैयाँ थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी पनि २१.६२ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.५ गुणा छ।

बैंकको खराब कर्जा घटेर १.२१ प्रतिशतमा आइपुगेको छ । गत आर्थिक वर्षमा बैंकको खराब कर्जा १.६६ प्रतिशत थियो ।

Advertisment

थप समाचार