काठमाडौं : एनएमबि बैंकले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नफा ३ अर्ब २२ करोड थियो।
गत आर्थिक वर्षको खुद मुनाफाबाट डिबेन्चर, उठ्न बाँकी ब्याज, नउठेको सावाँ ब्याजको प्रोभिजन समायोजन गर्दा गत आर्थिक वर्ष बाँड्न मिल्ने मुनाफा ९४ करोडमा सिमित भएको छ।
बाँड्न मिल्ने नाफामा अघिल्लो आर्थिक वर्षको कमाई १ अर्ब १४ करोड थपिएपनि त्यसमा एफपीओ बापतको कर १ अर्ब ८४ करोड तिर्दा गत आर्थिक वर्ष शेयरधनीलाई बाँड्न मिल्ने नाफा २३ करोड ३८ लाखमा सिमित हुन् पुगेको हो। जसले गर्दा लाभांश क्षमता ६ दशमलब २१ प्रतिशतबाट घटेर १ दशमलब ३० प्रतिशतमा सिमित भएको छ।
बैंकको आधार दर १० दशमलब ३७ प्रतिशतबाट घटेर ८ दशमलब ४२ प्रतिशतमा झरेको छ।
Advertisment