Below Menu
Below Menu

राष्ट्रियस्तरका विकास बैंकहरुले कमाए साढे ५ अर्ब नाफा, कुनको कति ? 

राष्ट्रियस्तरका विकास बैंकहरुले कमाए साढे ५ अर्ब नाफा, कुनको कति ? 

काठमाडौं : राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्षमा साढे ५ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको व्त्तिीय विवरण अनुसार यस अवधिमा आठ वटा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.३९ प्रतिशतले बढी हो । अघिलो आवमा बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । 

गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले असार मसान्तसम्म एक अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

त्यसैगरी यस अवधिमा गरिमा विकास बैंकले एक अर्ब १३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने शाइन रेसुंगा डेभलपमेन्टले ६९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले गत असार मसान्तस्म्म ५२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ९२.४७ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले २७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

गत वर्ष कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६६.९३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकले ३६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

त्यसैगरी यस अवधिमा लुम्बिनी विकास बैंकले ६० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ४९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस अवधिमा २१.३२ प्रतिशतले नाफा बढाएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा १८.३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३० करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस अवधिमा २४ करोड ६५ लाख नाफा कमाएको हो । 

महालक्ष्मी विकास बैंकले गत वर्ष ४७ करोड एक लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २४.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
 

Advertisment

थप समाचार